गगन थापाले गरे प्रधानमन्त्री प्रचण्डको प्रशंसा - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

गगन थापाले गरे प्रधानमन्त्री प्रचण्डको प्रशंसा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयको प्रशंसा गरेका छन् ।

उनले निर्णय गर्ने क्रममा भएका त्रुटिलाई स्वीकारी सरकारले कार्यान्वयनपूर्व नै सच्याएर फिर्ता लिनु नै उपयुक्त हुने बताए ।

उनले फेसबुकमा लेखेका छन्, ‘नागरिकको सूचनाको हक नियन्त्रण गर्ने मनसायका साथ ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्ने प्रमज्यूको कुरा सकारात्मक छ । निर्णय गर्ने क्रममा भएका यस्ता त्रुटिलाई स्वीकारी सरकारले कार्यान्वयनपूर्व नै सच्याएर फिर्ता लिनु नै उपयुक्त कदम हो ।’

प्रधानमन्त्री प्रचण्डले सूचना वर्गीकरणसम्बन्धी समितिले ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरेको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।