गगन थापाले प्रधानमन्त्रीलाई एकाएक बधाई दिए - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

गगन थापाले प्रधानमन्त्रीलाई एकाएक बधाई दिए



काठमाडौं- लगानी सम्मेलन सकिए लगत्तै यसबारे अनेकन चर्चा–परिचर्चा भइरहँदा कांग्रेस नेता गगन थापाले आयोजना सम्पन्न गरेकोमा प्रधानमन्त्री केपी ओलीलाई बधाइ दिएका छन्।

सामाजिक सञ्जाल ट्विटर मार्फत् नेता थापाले लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्रीलाई बधाइ दिएका हुन्।

उनले लेखेका छन्, ‘लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा प्रधानमन्त्रीलाई धेरै बधाई।’

प्रतिपक्षीका नाताले पनि उनले लगानी सम्मेलनका सफलतालाई सार्थक बनाउन गर्नुपर्ने सही काम सही समयमा गर्न आफूहरु सरकारको साथमा रहेको बताएका छन्।

यस्तो छ थापाको ट्विट

लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा प्रधानमन्त्रीलाई धेरै बधाई।
लगानी सम्मेलनका सफलतालाई सार्थक बनाउन गर्नुपर्ने सहि कामहरु सहि समयमा गर्न हामी सरकारको साथमा छौं।