नर्वेमा गगन थापा आउने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नर्वेमा गगन थापा आउने



ओस्लो, नर्वे ।

नर्वेको राजधानी ओस्लोमा नेपालीहरूको भलिबल टुर्नामेन्ट हुने भएको छ । नेपाली जनसम्पर्क समिति नर्वेको आयोजनामा २८ जुलाई (शनिवार), २०१८ मा ओस्लोको सोङ्सभानमा एकदिवशिय भलिबल टुर्नामेन्ट को उत्घाटन पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गगन कुमार थापाले गर्ने भएका छन् ।दुई बर्षपहिले देखि सुरुवात भएको जेएसएस कप भलिबल टुर्नामेन्टलाई यो वर्ष पनि जनसम्पर्क समितिले निरन्तरता दिने निर्णय गरेको हो ।

जेएसएस कप भलिबल टुर्नामेन्टका लागि जुलाई १०, २०१८ सम्ममा टिम दर्ता गरिसक्नु पर्ने छ । एक टिममा बढीमा ९ जना खेलाडीको नाम सहित नर्वेमा बसोबास गरिरहेका नेपाली हरूले टिम दर्ता गर्न सक्नेछन् । टिम दर्ताका लागि ९०० नर्बेजियन क्रोनर शुल्क तोकिएको छ भने आफ्नो समूहको विवरण सहित खेलाडीहरूको नाम सहित [email protected] मा इमेल गर्नुपर्ने छ ।

जेएसएस कपमा पहिलो हुने टिमलाई ४ हजार नर्बेजियन क्रोनर, कप, र हरेक खेलाडीलाई मेडल र प्रमाणपत्र, त्यस्तै दोस्रो हुने टिमलाई २ हजार पाँच सय नर्बेजियन क्रोनर र हरेक खेलाडीलाई प्रमाणपत्र प्रदान गरिनेछ । त्यसै गरी, टुर्नामेन्टको उत्कृष्ट खेलाडीका लागि ५०० नर्बेजियन क्रोनर, मेडल र प्रमाणपत्र प्रोत्साहन पुरस्कार राखिएको छ ।

सोही दिन महिलाहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले महिला भलिबल खेल पनि हुनेछ । महिला भलिबल टिमका लागि भने प्रवेश शुल्क ५०० नोक तथा विजयी टिमलाई २००० हजार नर्बेजियन क्रोनर र उपविजेताका लागि १२०० सय नर्बेजियन क्रोनर सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

ग्रिल पार्टीको आयोजना पनि गरिने छ । ग्रिल पार्टीका लागि कुनै पनि शुल्क आवश्यक पर्ने छैन ।

“दुई वर्ष पहिलेबाट सुरुवात गरिएको JSS भलिबल टुर्नामेन्टमा नर्वेमा बस्ने नेपालीहरूको उत्साहजनक सहभागिता रहने गरेको छ।गत वर्ष यस प्रतियोगितामा ७ पुरुष टिम र दुई महिला टिमले सहभागिता जनाएका थिए।” जनसम्पर्क समितिका सभापति जितेन्द्र विक्रम शाहीले भने, “यसले खेल्ने र जित्ने भन्दा पनि ओस्लोमा भएका नेपालीहरूका लागि भेटघाट, सम्बन्ध र सम्पर्कको एकदमै राम्रो अवसरका रूपमा देखायो । यसैले हामीले यो वर्ष पनि निरन्तरता दिने भयौँ । अब हरेक वर्ष यसलाई हामीले निरन्तर गर्नेछौ