पहिलो पटक गगन थापाको अध्यक्षतामा बस्यो कांग्रेसको बैठक
काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक पहिलो पटक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ ।
सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको थापाको अध्यक्षतामा बसेको हो ।
१४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक कांग्रेसको बैठक अध्यक्षता गरेका हुन् ।
बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन् ।
सभापति देउवाको सचिवालयले कार्यव्यस्तताका कारण देउवा बैठकमा नआएको जनाएको छ ।
त्यस्तै उपसभापति खड्कालाई कोरोना संक्रमण भएको र अर्का उपसभापति गुरुङ अष्ट्रेलिया भ्रमणमा रहेका कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
स्थानीय तहमा पार्टीबाट निर्वाचित जप्रतिनिधिका लागि ३० र ३१ साउनम गर्ने तय भएको अभिमुखिकरण कार्यक्रमको तयारीका लागि बैठक बसेको जनाइएको छ ।
कांग्रेसमा सभापति, २ जना उपसभापति, २ महामन्त्री, ८ जना महामन्त्री र प्रवक्ता गरी १४ जना पदाधिकारी छन् । सभापतिले नियुक्ति गर्ने कोषाध्यक्ष पद खाली छ ।