निर्वाचन आयोगले कांग्रेसलाई दवाव दिएको गगन थापाको खुलासा - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

निर्वाचन आयोगले कांग्रेसलाई दवाव दिएको गगन थापाको खुलासा



काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले निर्वाचन आयोगले दबाब दिएपछि मात्रै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब महाधिवेशन हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन्।

‘महाधिवेशन हुन्छ भन्ने अवस्था थिएन। निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए वा पुस पहिलो साताभित्र नयाँ नेतृत्वको नाम आयोगमा बुझाउनुनपर्ने भए अहिले नै हामी महाधिवेशन गर्दैनथ्यौं होला,’ उनले भने, ‘यो सामुहिक क्षयिकरणको प्रमाण हो। हामीले विधानको सर्वोच्चतालाई स्थापित गर्न सकेनौं।’
उनले पटकपटक महाधिवेशन सरेकोले महाधिवेशन नहुने हो कि भन्ने शंका अब निवारण भएको बताए। उनले भने‘हिजोको बैठकपछि भने अधिवेशन हुन्छ भन्ने ढुक्क भएका छौं, पार्टीले होटल र हल बुक गर्न थाल्यो।’

थापाले १३ लाख मत थप गरे मात्रै कांग्रेस अब पहिलो पार्टी बन्ने बताए। नयाँ मतदातालाई पार्टीमा आकर्षित गर्ने गरी काम गर्नुपर्ने उनले बताए।