मतदातालाई खादा लगाईदिँदै गगनले भने: तपाईँहरूको शिर झुक्न दिनेछैन - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

मतदातालाई खादा लगाईदिँदै गगनले भने: तपाईँहरूको शिर झुक्न दिनेछैन



काठमाडौँ – नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद गगन थापाले शिर निहुराउने काम कहिल्यै नगर्ने वाचा गरेका छन् ।

दशैंको शुभकामना आदानप्रदान गर्न आइतबार आयोजित कार्यक्रममा उपस्थित भएका आफ्नो क्षेत्रका मतदातासँग उनले यस्तो बाचा गर्दै आफू कहिल्लै नथाक्ने पनि बताए ।

कार्यक्रममा सांसद थापाले आफू निर्वाचित भएदेखि अहिलेसम्म गरेको कामको विवरण आफ्ना मतदातालाई सुनाउँदै मतदातालाई खादा लगाएर दशैंको शुभकामना आदान प्रदान गरेका थिए ।

सांसद थापाले कार्यक्रममा मतदातालाई भने, ‘तपाईँहरुले मलाई लगाएका सबै खादा एकै पटक लगाउँदा मैले थेग्नै सक्दैन होला । आज तपाईँहरुलाई खादा लगाइदिन पाउँदा खुसी लागको छ ।’

विकास निर्माणका काम प्रदेश र स्थानीय तह मातहत गएको भन्दै आफ्नो प्रमुख काम वर्तमान व्यवस्था बचाउन केन्द्रित हुने पनि बताए । उनले भने, ‘२०१५ सालमा प्रजातन्त्र नखोसिएको भए । कति काम अहिले सम्म कति काम भइसक्थ्यो । तत्कालीन पञ्चायती शासनकालका ३० वर्ष व्यर्थमा बितेको र ०४६ सालदेखि ०७६ सालको अर्को ३० वर्षले पनि व्यर्थमा बिते । अब फेरि व्यवस्थामाथि खतरा उत्पन्न भए छोराछोरीको पुस्तालेपनि नेपालमा सम्वृद्धि देख्न पाउने छैन । मेरो प्रमुख ाकम व्यवस्था जोगाउन हुन्छ ।’

फरक प्रसंगमा सांसद थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग विचार नै नभएकाले पनि सरकारको काम कारवाही प्रभावकारी हुन नसकेको दावी गरे । ‘दुई कम्यूनिष्ट पार्टी एकीकरण भएर एउटै पार्टी मिल्दा दुवैको गुण समायोजन भई मुलुक अग्रगतिमा जाने अपेक्षा थियो, तर, अहिले दुवै पार्टीको अवगुणहरु मिल्न गएर मुलुक उल्टो गतिमा अघि बढ्न थालेको छ,’ उनले भने ।

चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट हुनुले सरकार फासिस्ट बन्दै गएको संकेत भएको बताए । उनले भने, ‘हिजो चितवनको घटना हेर्नुस्, एउटा नागरिक नेपालको कुनै ठाउँको माटोमा उभिएर आफ्नो विचार राख्दै गर्दा सरकारद्धारा संरक्षित तथा सरकारका मानिसहरुको आह्वानमा उसको ज्यान लिने गरी कुटपिट गरिन्छ । को व्यक्ति को पात्र नहेरौं । सरकारका समर्थकहरु । यसरी यो घटनापछि सरकारको विरोध गर्नेहरुतर्फ पनि लक्षित हुन सक्छ । चितवन घटना सरकार फासिस्ट हुँदै गएको संकेत हो ।’

नेता थापाले सरकारले संसदमा ल्याएको दर्जनौ कानुन संविधान विरोधी भएकाले त्यसको विरोध गर्नु परेको पनि स्पष्ट पार्दै भने सरकारले कानुन बनाएर, एकपछि अर्को नागरिकको स्वतन्त्रताको हनन् गरेर अधिनायकवादी शासन ल्याउन खोजिरहेको पनि बताए ।