गगन थापाले भने : अब नेपाली कांग्रेस सकिन्छ ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गगन थापाले भने : अब नेपाली कांग्रेस सकिन्छ !



काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीका महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाउनु भएको छ।

नेता थापाले महामन्त्री कोइरालाप्रति संकेत गर्दै पार्टीभित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरूले गरिरहे पार्टी ठूलो भडखालोमा जाकिने चेतावनी पनि दिए।

उनले नेताहरूलाई पार्टी भड्खालको जाने र नेता कार्यकर्ता आफैँ अलमलमा पार्ने खालको अभिव्यक्ति नदिन पनि आग्रह गरे। शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गिरिजाप्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सूत्रलाई आत्मसात गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता पनि औंल्याए। कार्यक्रममा बोल्दै अर्का कांग्रेस नेता शेखर कोइरालाले सरकारले संघीयता समाप्त पार्ने काम गरिरहेको आरोप लगाए।

उनले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादतर्फ उन्मुख रहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे। कांग्रेस नेता कोइरालाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे। उनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाले खेलेको असाधारण भूमिकाको पनि चर्चा गरे।