ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने कायरहरुको हिसाब गर्नुपर्छ: गगन थापा
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन कुमार थापाले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आज चितवनमा भएको आक्रमणको घोर निन्दा गरेका छन् ।
चितवनमा एक कार्यक्रममा सहभागी जनाउन गएको बेला शाहीमाथि उनी बसेकै होटलमा पुगेर अज्ञात समूहले निर्घात कुटपिट गरेको हो । शाहीको टाउकोमा गम्भिर चोट लागेको छ । उनलाई थप उपचारको लागि काठमाडौं ल्याईएको छ ।
कांग्रेस नेता थापाले शाहीमाथि आक्रमण गर्नेलाई कायरको संज्ञा दिएका छन् । उनले भनेका छन्-‘ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने विचरा कायर हरुका बारेमा के टिप्पणी गर्नु? यो कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसंग माग्नुपर्छ।’