काठमाडौं-४ बाट गगन थापालाई धक्का
काठमाडौं- नेपाली कांग्रेसमा प्रभावशाली मानिएका नेता गगन थापालाई प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै क्षेत्रमा धक्का लाग्ने संकेत देखिएको छ । गगन थापा प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नै क्षेत्रबाट सर्वसम्मत हुन नसकेपछि यस्तो संकेत देखिएको हो ।
महाधिवेशनमा सबैभन्दा बढी लोकप्रिय मत ल्याएर जितेका कांग्रेसका महामन्त्री थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ बाट उनको नाम सर्वसम्मत सिफारिसमा नपरेपछि अनेक अड्कल गरिएको छ।
यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि थापासँगै विनोदबाबु प्रधानको नाम पनि सिफारिस भएको छ। प्रधान क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि हुन्। हाल प्रतिनिधिसभाको लागि उनको पनि नाम सिफारिस गरिएको छ। गगन थापालाई समस्यामा पार्नकै लागि उनको नाम पनि सिफारिस गरिएको भन्दै कांग्रेसका केहि नेताहरूले असन्तुष्टि जनाएका छन् ।
प्रधान गत १४औं महाधिवेशनमा गगन थापाको समूहबाट महाधिवेशन प्रतिनिधि भएका हुन्। त्यसैगरी यस क्षेत्रबाट समानुपातिकतर्फ अनार बस्नेत, कर्म छिरिङ शेर्पा, याङकिला शेर्पा, रोहित पौडेल, राजु श्रेष्ठ र डा. आरती कार्की सिफारिस भएका छन्।
प्रदेशसभातर्फ भने प्रत्यक्षमा क्षेत्र ‘क’ मा श्रीराम लामिछाने, प्रशन्नमान श्रेष्ठ, राधा घले, श्याम कुमार संगत, नरोत्तम वैद्य र सरिन घिमिरे सिफारिस भएका छन् भने क्षेत्र ‘ख’ मा न्हुच्छेनारायण श्रेष्ठ, अच्युतप्रसाद पौडेल, शंकर आचार्य र मनोज सिग्देल सिफारिस भएका छन्।
त्यस्तै क्षेत्र ‘क’ को समानुपातिकमा अनुप प्रधान, रमेश महर्जन, किरण श्रेष्ठ, असीम राणा, नर्वदा पोखरेल, दीपेन्द्र केशरी पण्डित, सारिका राई, गणेश सुनुवार, श्यामकुमार मल्ल, सुशीला नाइटा, प्रकाश गुरुङ, दिनेशकुमार माली, इन्दिरा भण्डारी, ध्रुवप्रसाद पौडेल, र सुदिपराज शर्मा सिफारिस भएका छन्।
क्षेत्र ‘ख’ बाट समानुपातिकमा इन्द्रबहादुर थापा, साधुराम खड्का, आत्माराम पौडेल, भोला लामिछाने, रामकृष्ण केसी, शशीप्रसाद शर्मा, ध्रुव खड्का, वृहस्पति चालिसे, होमनाथ तिमिल्सिना, डिल्लीप्रसाद डोटेल, सन्तोष भण्डारी, मिना पराजुली, रिता बुढाथोकी, मनदेवी श्रेष्ठ, ललितादेवी गुरुङ, जाङ्बु शेर्पा, श्यामकृष्ण श्रेष्ठ, सानुकान्छा श्रेष्ठ, दिव्यमणि राजभण्डारी, रामलाल श्रेष्ठ, दीपक गुरुङ सिफारिस भएका छन्।