दलको नेतामा देउवा र गगनको भिडन्त, केही सांसदले भोट हाल्न नपाउने - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

दलको नेतामा देउवा र गगनको भिडन्त, केही सांसदले भोट हाल्न नपाउने



नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज चुनाव हुँदै छ। यसमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिपस्र्धा गर्दै छन्। संसदीय दलको नेता बन्न उनीहरूले हिजै (मंगलबार) उम्मेदवारी दर्ता गराइसकेका छन्।

सहमहामन्त्री भिष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको नेता छान्न आज बिहान ८ देखि १० बजेसम्म मतदान गराउँदै छ।

दलको चुनावअघि देउवाका पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिले साथ दिने बताइसकेका छन्। पौडेल त देउवाको उम्मेदवारीमा प्रस्तावकसमेत हुन्।

त्यसैगरी, महामन्त्री थापाको पक्षमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र काठमाडौं–५ बाट विजयी प्रदीप पौडेलसहित उभिएका छन्।

अहिलेसम्मको अवस्थामा देउवाका पक्षमा ५६ र थापाका पक्षमा ३३ जना सांसद देखिएका छन्। तर, यो संख्यामा निर्वाचनको दिन तलमाथि हुनसक्छ।

कांग्रेसका ८९ सांसदमध्ये मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाउँदैनन्। अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी हुने छैनन्।