एमालेलाई गगन थापाको चेतावनी: वैशाख ३० मा कांग्रेससँग हार्न तयार भएर बस्नु - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

एमालेलाई गगन थापाको चेतावनी: वैशाख ३० मा कांग्रेससँग हार्न तयार भएर बस्नु



काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा हुने निर्वाच्नमा नेपाली कांग्रेससँग हार्न एमाले तयार भए हुने बताएका छन्। वैशाख ३० गते घोषणा गरिएको निर्वाचनको मिति एक दिन पनि तल माथि नहुने दाबी गर्दै उनले कांग्रेससँग हार्नलाई एमाल तयार रहे हुने बताएका हुन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित, नेपाली कांग्रेस १४औं जिल्ला अधिवेशन, सुदृढ संगठन गतिशील नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेले निर्वाचन हुन्न कि भन्ने आशंका गरेको बताए ।

‘निर्वाचन तोकिएको मितिमा हुन्छ, अब एमालेका दिन गए,’ उनले दाबी गरे, ‘एमालेले अब हारको सामाना गनुपर्छ, कांग्रेससँग हार्न तयार भएर बसे हुन्छ ।’
‘म एमालेलाई भन्न चाहान्छु निर्वाचन तोकिएको समयमै हुन्छ ।’ उनले भने । उनले अब घर जाँउ, कांग्रेस जिताउँ अभियान सुरु हुने बताए । ‘यसका लागि भोलिदेखि नै जिल्लामा प्रतिनिधि खटाउने काम सुरु हुन्छ,’ उनले भने ।