गगन थापार चन्द्र भण्डारीले भने ७० कटेका नेता विश्राम लिनोस - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

गगन थापार चन्द्र भण्डारीले भने ७० कटेका नेता विश्राम लिनोस



बूढा डाक्टरहरूले आईसीयूमा पुगेको पार्टीलाई शल्यक्रिया गरेर बचाउन सक्दैनन् : भण्डारी
अब पनि पहिलो पुस्ताका नेतालाई भारी बोकाउनु उहाँहरूप्रति पनि अन्याय हो : थापा

कांग्रेसका युवा नेताले पार्टीको भविष्यका लागि पहिलो पुस्तालाई विश्राम लिन आग्रह गरेका छन् । नेतृत्वको रणनीतिक असफलता र पुरानो कार्यशैलीबाट अब पार्टी नचल्ने भन्दै उनीहरूले ७० वर्ष कटेका नेतालाई पार्टीबाट विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरेका हुन् ।

निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि युवा नेताले पार्टी नेतृत्व हस्तान्तरण माग गर्दै आएका छन् ।

नेविसंघ ३ नम्बर प्रदेश कार्यसमितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा नेताहरू चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, उमेशजंग रायमाझीलगायतले पहिलो पुस्ताका नेतालाई ‘डेट एक्स्पायर’ औषधिका रूपमा चित्रण गर्दै नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।