विश्वप्रकाशले दिए गगन थापालाई बधाई - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

विश्वप्रकाशले दिए गगन थापालाई बधाई



काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन भएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा दलको नेताका लागि भएको मतदान सकिएको छ।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ।

संयोगले कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि जन्मदिन परेको छ। उनले आज आफ्ना लागि विशेष रहेको उल्लेख गरेका छन्। संसदीय दलको नेता चयनका लागि मतदान कार्यक्रमपछि महामन्त्री शर्माले पुस ६ गते आफ्ना लागि विशेष दिन रहेको बताएका छन्।

‘संसदीय दलमा मतदानपछि! आज पुस ६ गते, मेरो जन्मदिन, मेरा लागि विशेष दिन। सांसदका रूपमा पहिलो कर्म, मीठो संयोग,’ शर्माले गगन थापासँगको भेटपछि भनेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार निर्माणका लागि एक साताको समय दिएकी छन्। सोही बमोजिम दलहरुले संसदीय दलको नेता चयन प्रक्रियालाई तिव्रताका साथ अगाडि बढाइरहेका छन्। नेकपा एमालेसहित अन्य साना दलहरुले दलको नेता चयन गरेपनि माओवादी केन्द्रले भने सांसदहरुको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको छ।