गाडीबाट खसेर एक जनाको मृत्यु - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

गाडीबाट खसेर एक जनाको मृत्यु



सुखड,कैलाली । कैलालीमा गाडिबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका- ५ शितलपुरमा बोलेरो बाट खसेर एक जनाको मृत्यु भएको हो ।

मंगलबार दिउँसो करिब २:२० बजे पश्चिमबाट पुर्व आईरहेको बोलेरोको ढोका बाट खसेर अछामको साविक रामारोशन गाविस- ७ का २६ बर्षिय एकेन्द्र बहादुर बटाला रहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

से १ च १०३४ नम्बरको बोलेरोको ढोका बाट खसेका बटलाको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्टले जानकारी दिए । भट्टका अनुसार , बटाला घोडाघोडी नगरपालिका-१० मा रहेको बुलबुले तालमा बनभोज खाएर फर्किदै थिए । मृतक बटाला सुखडको एक होटलमा कार्यरत थिए ।