नेपालमै गाडीको कारखाना खोल्ने प्रधानमन्त्री ओलीको घोषणा - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नेपालमै गाडीको कारखाना खोल्ने प्रधानमन्त्री ओलीको घोषणा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री ओलीले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई पनि आग्रह गरेका हुन्।

बिहीबारबाट काठमाडौंमा सूरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको पनि स्पष्ट पारे।

‘मुलुकको उद्योग र आर्थिक क्षेत्रको उन्नतिमा कम्तीमा पनि ५५ प्रतिशत लगानी गर्न पनि उद्योगीहरुलाई आग्रह गर्छु,’ उनले भने, ‘उद्योगीहरुलाई अवसर, अधिकार, सहुलियत दिन सरकार प्रतिबद्ध छ।

उद्योग क्षेत्रको विकासका लागि आवश्यक सबै खालको कानुनी व्यवस्था गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगीहरुको सुझाव अनुसार आवश्यक ऐन, कानुनको व्यवस्था गर्न प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएकी थिइन्।

अध्यक्ष राणाले उद्योगहरुले आफ्नो गाँस काटेर राज्यलाई कर तिर्दा पनि सम्मान हुन नसकेको पनि गुनासो गरेकी थिइन्।