बढेको गाडी भाडा स्थगित : तत्काल नबढ्ने - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

बढेको गाडी भाडा स्थगित : तत्काल नबढ्ने



काठमाडौं – यातायत व्यवस्था विभागले सार्वजनिक सवारीमा भाडा बढाएलगत्तै फिर्ता लिएको छ । १ असारदेखि लागू हुनेगरी सार्वजनिक यातायातको नयाँ भाडादर कायम गर्ने निर्णय गरेलगत्तै फिर्ता लिएको हो ।

पेट्रोलियम पदार्थ, गाडीका पार्टपुर्जा तथा गाडीकै मुल्य बढेको र मजदुरको ज्यालापनि वढेको भन्दै सरकारले गाडीभाडा समायोजन गर्ने निर्णय गरेको थियो ।

यातायत व्यवस्था विभागले भाडा वढाउने निर्णय गरेलगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्णय फिर्ता लिन निर्देशन दिएपछि विभागले निर्णय फिर्ता लिएको हो ।

विभागले भाडा वढाउने निर्णय गर्दै नयाँ भाडाको सूचिसमेत सार्वजनिक गरिसकेको थियो ।

तर मन्त्रीले भाडा वढाउन नमानेपछि विभागले निर्णय स्थगन गरेको हो ।