आगलागी प्रकरण: राजनीतिक दल तथा संघसंस्थाद्बारा कारबाहीको माग - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

आगलागी प्रकरण: राजनीतिक दल तथा संघसंस्थाद्बारा कारबाहीको माग



कैलाली – जिल्लाको घोडाघोडी नगरपालिको गाडी आगजनीमा संलग्न हुनेलाई सरोकारवालाहरुले कार्वाहीको माग गरेका छन् । बिभिन्न राजनिति दल, संघसंस्थाका प्रमुख व्यक्तिहरुले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको जोडदार माग गरेका हुन् ।

विज्ञप्तीमा , कम्पाउण्ड भित्र पार्किङ गरि राखिएको से १ झ २४१ र से १ झ ३३५ नम्बरको स्कारपियोमा अज्ञात व्यक्तिहरुद्बारा आगजनी गरिएको घटना प्रती राजनीतिक दल तथा संघसंस्थाहरुद्बारा घोर भत्सर्ना जनाइएको छ । सरकारी सम्पत्ती माथि क्षती पुगाउने कार्य अत्यन्त निन्दनीय र आततायी घटना भएको हुदा यस्तो घटनामा संलग्न व्यक्तिहरुको छिटो भन्दा छिटो खोज तलास गरी कानुन बमोजिम कारबाही गर्न विज्ञप्तिमार्फ माग गरिएको छ ।

साउन ५ गते राती करिब ११ बजे घोडाघोडी नगरपालिकाको गाडीका अज्ञात समुहले आगजनी गरेको थियो ।आगलागीबाट गाडीको पछाडि पट्टिको भाग जलेर क्षति भएको थियो ।