गच्छदार अख्तियारको फन्दामा, घन्टौं लिइयो बयान
काठमाडौं : कांग्रेस नेता तथा पूर्वमन्त्री विजय कुमार गच्छदार अख्तियारको फन्दामा परेका छन् । अख्तियारले उनलाई ४ घण्टा लामो बयान लिएको खुलेको छ ।
बालुवाटार जग्गा प्रकरणका विषयमा गच्छदारमाथि अख्तियारले एक्सन लिएको हो । बालुवाटार जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री रहेका विजयकुमार गच्छदारको संलग्नता रहेको आरोप लागेको थियो। प्रधानमन्त्री निवास बालुवाटारको जग्गा हिनामिना प्रकरण निकै चर्चाको विषय बनेको थियो ।
गच्छेदारलाई शुक्रबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमै बयान लिइएको थियो । उनलाई साँझ ५ बजेदेखि राति ९ बजेसम्म बयान लिइएको अख्तियार जानकारी प्राप्त भएको छ ।