गच्छदारले पाए ११ केन्द्रीय सदस्य र ६ सय महाधिवेशन प्रतिनिधि - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

गच्छदारले पाए ११ केन्द्रीय सदस्य र ६ सय महाधिवेशन प्रतिनिधि



काठमाडौ। नेपाली कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग दुई वर्षअघि भएको पार्टी एकतालाई पूर्णता दिएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको सहमतिअनुसार समयोजनलाई निर्णयमा पु¥याएको हो ।

उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले तयार पारेको प्रस्तावलाई केन्द्रीय कार्यसमिति अनुमोदन गरेसँगै समायोजन निष्कर्षमा पुगेको हो ।

जसअनुसार अब कांग्रेसको केन्द्रीय समितिको आकार ९६ सदस्यीय हुने पक्का भएको छ । हाल केन्द्रीय समिति ८५ सदस्यीय छ । कांग्रेसले समयोजनका क्रममा ११ जना केन्द्रीय सदस्य गच्छदार समूहलाई दिने निर्णय गरेको हो ।

कांग्रेसले समायोजनलाई निष्कर्षम पु¥याउन भन्दै उपसभापति निधिको संयोजकत्वमा उपसभापति गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत तथा केन्द्रीय सदस्यद्वय महेश आचार्य र दीपक गिरी सदस्य रहेको समायोजन समिति गठन गरेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समयोजनको सबै काम अन्तिम टुंगोमा पुगेको बताए । तर, कोको केन्द्रीय सदस्य हुने भन्नेबारे भने नाम आएपछि मात्रै निर्णय हुने जनाए ।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिमा समायोजनको प्रस्तावलाई ध्यान राखी सहमतिका आधारमा समावेश गर्ने निर्णय गरेको छ ।

बैठकले यसअघि केन्द्रीय समितिले गच्छदारलाई पार्टी उपसभापति बनाउन गरेको निर्णय र लोकतान्त्रिक फोरमका २ सय महासमिति सदस्यको सदस्यता अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यस्तै, तत्कालीन लोकतान्त्रिक फोरमलई ६ सय महाधिवेशन प्रतिनिधि दिने निर्णय भएको छ ।

महासमितिको बैठकमा सहभागी २ सय जना महासमिति सदस्यलाई महाधिवेशन प्रतिनिधि बनाइएको हो । यसैगरी, महासमितिको बैठकमा पर्यवेक्षकका रूपमा सहभागी १४८ जनालाई समेत प्रतिनिधि बनाइएको छ भने थप २५२ जना महधिवेशन प्रतिनिधि दिइएको छ ।

यस्तै, पार्टीले केन्द्रीय विभागको गठन गर्दा समायोजनको प्रस्ताव समेतलाई ध्यानमा राखी सहमतिको आधारमा समावेश गर्ने सहमति बनेको छ ।

यस्तै, प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने सहमति छ ।

यसैगरी मोरङ जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य १५ जना, सुनसरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना, कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना, बर्दिया जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना दिने निर्णय बैठकले गरेको छ ।

यस्तै, सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना, सर्लाही, दाङ, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १÷१ र सदस्य ७÷७ जना, झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १÷१ र सदस्य ५÷५ जना, बारा र बाँके जिल्ला कार्यसमितिमा उपसभापति १÷१ र सदस्य ३÷३ जना, ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कञ्चनपुर जिल्ला कार्यसमितिमा सहसचिव १÷१ र सदस्य ३÷३ जना दिने बैठकले निर्णय गरेको छ ।

यसैगरी, काठमाडौ र पश्चिम

नवलपरासीको हकमा आवश्यक परामर्श गरी निर्णय गर्ने उदयपुर र महोत्तरी जिल्ला कार्यसमितिमा सहसचिव १÷१ र सदस्य २÷२ जना दिने सहमति भएको छ ।

यस्तै, तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट जिल्ला कार्यसमितिको पदाधिकारी र सदस्यमा नाम सिफारिस गर्दा जिल्लाभित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्र र भौगोलिक बनावटलाई समेत समेट्ने गरी नाम छनोट गर्ने सहमति बनेको छ ।

अन्य जिल्लामा जिल्लामा भने कार्यसमितिको बैठकको निर्णयबाट तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको महŒवपूर्ण कुनै सदस्यलाई जिल्ला कार्यसमितिमा सदस्य÷आमन्त्रित गर्न सक्ने बताइएको छ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १ हजारभन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति, सहसचिव र सदस्य ८ जना, सुनसरी क्षेत्र नम्बर ३ को हकमा सदस्य संख्या ९ रहने सहमति भएको छ ।

यस्तै, तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७ सय बढी र १ हजारभन्दा कम क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना, तत्कालीन फोरमका ७ सयभन्दा कम र ३ सयभन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १ र सदस्य ३ जना दिने सहमति भएको छ ।

यसैगरी, तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३ सयभन्दा कम र १ सयभन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सहसचिव १ र सदस्य २ जना १ सयभन्दा कम क्रियाशील सदस्य रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कुनै महŒवपूर्ण सदस्यलाई क्षेत्रीय कार्यसमितिको बैठकको निर्णयबाट क्षेत्रीय कार्यसमितिको बैठकमा सदस्य÷आमन्त्रित गर्न सक्ने जनाइएको छ ।

यस्तै, तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३ सयभन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷उपमहानगर÷महानगर कार्यसमितिमा उपसभापति १, सहसचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने, ३ सयभन्दा कम र १० सयभन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷उपमहानगर÷महानगर कार्यसमितिमा सहसचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने तथा १ सयभन्दा कम क्रियाशील सदस्य रहेको नगर÷उपमहानगर÷महानगर पालिकाको क्षेत्रभित्रको कुनै महŒवपूर्ण सदस्यलाई नगर÷उपमहानगर÷महानगर कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा आमन्त्रण गर्न सक्ने बताइएको छ ।

यसैगरी, २ सय वा सोभन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा उपसभापति १, सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने, २ सयभन्दा कम र १ सयभन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने सहमति छ ।

यसैगरी, १ सयभन्दा कम क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिको क्षेत्रभित्रको कुनै महŒवपूर्ण सदस्यलाई गाउँ कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा सदस्य÷आमन्त्रित गर्न सक्ने सहमति छ ।

यसैगरी, १ सयभन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमितिमा उपसभापति १, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर÷गाउँ कार्यसमितिको निर्णय र सहमतिमा पदाधिकारी र सदस्य संख्या तोक्ने, सयभन्दा कम, ५० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर÷गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने तथा ५० भन्दा कम क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमिति क्षेत्रभित्रको कुनै महŒवपूर्ण सदस्यलाई नगर÷गाउँ वडा कार्यसमितिको बैठकको निर्णयबाट उक्त कार्यसमितिको बैठकमा सदस्य÷आमन्त्रित गर्न सक्ने जनइएको छ ।