भ्रष्टाचारको आरोपमा निलम्बित गच्छदारलाई कांग्रेसले गर्‍यो उम्मेदवार सिफारिस - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

भ्रष्टाचारको आरोपमा निलम्बित गच्छदारलाई कांग्रेसले गर्‍यो उम्मेदवार सिफारिस



नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा सांसदबाट निलम्बनमा परेका विजयकुमार गच्छदारलाई आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

यही आरोपमा उनले विशेष अदालतमा मुद्दा खेपिरहेका छन्।

सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा गच्छदारको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

भ्रष्टाचारको आरोपमा अदालत मुद्दा दर्ता भएपछि २०७६ माघमा उनी सांसदबाट निलम्बनमा परेका थिए।