पूर्व उपप्रधानमन्त्री गच्छदारसहित तीन सय बढीलाई पक्राउ पूर्जी जारी - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

पूर्व उपप्रधानमन्त्री गच्छदारसहित तीन सय बढीलाई पक्राउ पूर्जी जारी



काठमाडौं- बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व उपप्रधानमन्त्री वजयकुमार गच्छदारसहित तीन सय जनालाई पक्राउ पूर्जी जारी गरेको छ।

अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको बताउँदै ब्युरोले तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी गरेको जनाएको छ।

ब्युरोका निर्देशक धिरजप्रताप सिंहले पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्तिसमेत रहेको बताएका छन्। उनले तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत रहेको बताएका छन्।

उनले तीन सय बढीको हकमा पक्राउ पूर्जी जारी भएकाले आफूहरू त्यसमा लागिरहेको उनले जानकारी दिए। तर, ब्युरोले‘हाइप्रोफाइल’ लाई पक्राउ नगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाने तयारी गरेको बुझिएको छ।

बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले थुनामा छन्। बाँकी कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन्।