अन्तत: जिते गच्छदारले - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अन्तत: जिते गच्छदारले



सुनसरी-

सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार २ सय ८१ मतले विजयी भएका छन्।

नेकपा एमालेकी भगवती चौधरीले ३५ हजार ६ सय ९१ मत ल्याउँदा गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे। विभिन्न विवादका बीच बीचबीचमा स्थगित हुँदै भएको गणना केहीबेरअघि मात्रै सकिएको हो। प्रतिनिधिसभाको १६४ वटा निर्वाचन क्षेत्रकै अन्तिम नतिजा आइसकेकोमा गच्छदार अन्तिम निर्वाचित सांसद बनेका छन्।