समाजमा घटिरहेका विविध विकृति र विसङ्गतिलाई चोटिलो प्रहार 'फूलमती चनमती'( भिडियो सहित) - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

समाजमा घटिरहेका विविध विकृति र विसङ्गतिलाई चोटिलो प्रहार ‘फूलमती चनमती'( भिडियो सहित)



समीर प्रकाश पाण्डे

रोल्पा जिल्लामा जन्मिएर लोक सङ्गीतको क्षेत्रमा अहिलेकी व्यस्त गायिका शान्ति श्री परियारले यस वर्ष तीज गीतलाई समाजमा घटिरहेका विविध विकृति र विसङ्गतिलाई चोटिलो प्रहार गरी तयार पारिएको “फूलमती चनमती” सार्वजनिक गरेकी छन् ।

“कोही छैन नजिक यहाँ, कोही छैन पर
नेपाल हाम्रो घर हो हजुर, नेपाली हो थर,

जन्मेको देश गौतम बुद्ध, बनाऊ है सबैले मन शुद्ध” भन्दै यस पटकको तीज गीतमा देश र समाजमा व्याप्त जातीय विभेद बेथिति, विसङ्गतिहरू माथि प्रहार गरेको छ । तर सबै गीत सङ्गीतले समाज रूपान्तरणमा टेवा पुर्याउछ भन्ने छैन।देशको व्याप्त समस्या, दाइजो प्रथा देखि बलात्कार हत्यासम्म अनि देशमा उब्जिएको विकराल चुनौती र त्यसको समाधानका पक्ष विपक्षमा दुई बाटोमा विभाजित रेखाहरू गीतले स्पष्ट देखाउन खोजेको अर्को रूप हुन सक्छ पछिल्लो समयको तीज गीत ‘फुलमती चनमती’ ले।

गीतमा सर्जक तथा सङ्गीतकार खेम सेन्चुरीको सङ्गीतमा, नेत्र अर्यालको शब्द रहेको छ। सो गीतमा शान्तिलाई ज्ञानु परियार र खेम सेन्चुरीले स्वरमा साथ दिएका छन्। शिव वि.कले निर्देशन गरेको गीतको भिडियोमा अञ्जली अधिकारी र गायिका परियारले अभिनय गरेका छन् भने मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् । यस गीतलाई स्वयं गायिका शान्ति श्री परियारको आफ्नै युट्युब च्यानलबाट बजारमा ल्याएकी छन्।