फुलमालाको दुरपयोग रोक्ने कि !
कृष्ण खनाल
” नटिप्नु हेर कोपिला नचुट्नु पाप लाग्दछ,नच्यात्नु फुल नानी हो दया र धर्म भाग्दछ”- महाकवि लक्ष्मीप्रसाद देवकोटा।
अध्यागमन विभागको रिपोर्ट अनुसार हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने पन्ध्रसय वेरोजगार रोजगारीको सिलसिलामा खाडि लगायत विभिन्न मुलुकमा प्रवेश गर्ने गरेका छन् भने दैनिक कम्तीमा २ देखि ५ जनाको सब रातो बाकसमा पोको पारेर फर्किने गर्दछन्।
वैदेशिक रोजगारीमा जाने यस्ता बेरोजगार युवाहरूले सम्झौता अनुसारको तलब सुविधा,कम्पनीको तर्फबाट पाउने मानसिक पिडा,पारिवारिक झमेला,आफू विदेश यात्राको क्रममा थाप्लोमा परेको ऋण लगायत थुप्रैकारणले मुत्युलाई रोज्न बाध्य परिरहेका हुन्छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि विदेश जाने प्रायः सबैका आफन्तले बिदाइका क्रममा फुल,माला,रातो टिका,खादा समेत तामझामका साथ बेहुला/ बेहुलि सिँगारे जस्तै वाइवाईका हाल हल्लाउँदा लाग्दो हो,अब आफ्नो सबै कर्तव्य पुरा भयो बाँकी केही छैन। छोरा वा छोरीले घरमा बा- आमा आमा सम्पर्क गर्दा धेरै नभने पनि उहाँ( बा- आमा) का लागि कस्तो छ भन्ने प्रश्नमा ठिकै छ भन्ने जवाफ दिन्छन,घरमा छोरा ठिकै रहेछ भन्ने उत्तर पाएपछि सन्तुष्ट नरहने कुरै भएन।आफ्नो समय,कम्पनीको नियम,सामान्य विद्यार्थी भए उसले कलेजलाई दिन पर्ने समय कलेज फि,घरभाडा ,दैनिक जीविका सञ्चालन,भोक र निद्रा सबै बिर्सेर ठिकै छ भन्ने उत्तर नै उसको पहिलो रोजाइमा पर्ने गर्दछन्।
उच्चशिक्षाका लागि सरकारी छात्रवृत्तिमा पढ्न जाने,विभिन्न विधा खोज अनुसन्धान जस्ता विषयमा विद्यावारिधी हासिल गर्न जाने, कुटनितिक क्षेत्रमा विभिन्न अन्तर्राष्ट्रिय नियोग,दुतवास वा अन्य क्षेत्रमा जानेका लागि बिदाइको क्रममा दिने सम्मानको दिनु र ग्रहण गर्नु ठिक होला।
सम्मान त जसले जे सुकै गर्दा दिने हो भने त्यो बहसको विषय बन्ला,थाप्नेले पनि थाप्ला ठिक छ त्यतातिर भन्दा उसले पाइरहेको मन भित्रको पिडामा रङ भर्न,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर जाँदाको हर्षलाई खुसीमा परिणत गर्न त्यो फुलले अर्थ राख्ला ?
फुलको अर्को दुरुपयोग- हाम्रो देशको विषम परिस्थिति श्रृजना गर्ने कोही नभएर यिनै राजनीतिक दलका नेता छाडेका साँढे भएर नै हो,जनता पनि के कम सधैँ दर्शक हुन रुचाउँछन् ,कुनै पनि दलका कार्यक्रममा आयोजकले अातिथ्यताका लागि दलका नेतालाई कार्यक्रमको अतिथि भएर डाक्ने प्रचलन छ,नेताको प्रवेशसँगै १२ किलो २१ किलो सम्मका अोजनदार मालाले घाँटी नै चुँढिएला जस्तै गरी माला किलो मा प्रतिस्पर्धा गर्ने प्रचलन त्यतिखेर हुनुपर्थ्यो अब जनतासँग गरेका विकास लगायत सबैखालका बाचा पुरा भए,उसलाई थप कामगर्ने प्रेरणा पुगोस।यहाँ त्यस्तो कतै देखिदैन न त राज्यको स्रोत साधन र पुँजी व्यवस्थापन गरी उक्त क्षेत्रमा लगानी भएको देखिन्छ न त गैह्रसरकारि वा अन्तर्राष्ट्रिय प्राप्त सहयोगलाई परिचालन गरी अायअार्जन ,सिपमुलक तथा व्यावसायिक क्षेत्रमा प्रयोग। यति हुँदाहुँदै पनि प्राकृतिक सुन्दरतालाई सौर्न्दर्य दिँदै आएको फुलको दुरुपयोग नगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवितामा लेखिए जस्तै यसैलाई अनुसरण गर्न सके मान्छे र फुल दुवैको सम्मान होला सही ठाउँमा सही सम्बन्धित वस्तुको प्रयोग गर्ने कि?