ब्राजिलका फ्रेड म्यानचेस्टर युनाइटेड आउने - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

ब्राजिलका फ्रेड म्यानचेस्टर युनाइटेड आउने



म्यानचेस्टर युनाइटेडले ब्राजिलियन मिडफिल्डर फ्रेडलाई क्लब भित्र्याउने भएको छ । विश्वकप २०१८ का लागि ब्राजिलको टिममा रहेको २५ वर्षका फ्रेडलाई इंग्लिस क्लब म्याननचेस्टर युनाइटेडले ४७ मिलियन पाउण्डमा क्लब भित्र्याउन लागेको खबर छ ।

उनी अहिले युक्रेनको क्लब शाख्तर डोनेस्कबाट खेल्दै आएका छन् । फ्रेड यो समरमा युनाइटेडले अनुबन्धित गर्ने पहिलो खेलाडी हुने भएका छन् । यस्तै युनाइटेडले पोर्टोका १९ वर्षे डिफेन्डर डिओगो डालोटलाई पनि क्लब भित्र्याउने तयारी गरेको छ ।

सहमति भइसकेका फ्रेड ब्राजिलको टिममा छन् । उनी ब्राजिलले क्रोएसियालाई २–० ले हराएको आइतबारको मैत्रीपूर्ण खेलमा ८२ औँ मिनेटमा मैदान छिरेका थिए ।

उनी सन् २०१३ मा ब्राजिलियन क्लब इन्टरनेशिओनलबाट युक्रेनको क्लब गएका थिए । उनले शाख्तरलाई सन् २०१७–१८ को सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा पु¥याउन सहयोग गरेका थिए ।