अन्तिम खेलमा फ्रान्सको बिजोग ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अन्तिम खेलमा फ्रान्सको बिजोग !



काठमाडौं । रुस विश्वकप सुरु हुन अब ४ दिनमात्र बाँकी छ । विश्वकपअघिको अन्तिम अन्तर्राष्ट्रिय मैत्रिपूर्ण एवं वार्मअप खेलमा फ्रान्सले बराबरीमै चित्त बुझाएको छ ।

फ्रान्सले विश्वकप खेल्न नपाएको अमेरिकासंग १–१ को बराबरी खेलेको हो ।

खेलको ४४ औं मिनेटमा जुलिएन ग्रिनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए ।

७८ आंै मिनेटमा काइलिएन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए ।

फ्रान्सले खेलमा पकड जमाएर पनि जित हासिल गर्न सकेन । युवा अमेरिकी खेलाडीले राम्रो खेले ।

फ्रान्स पनि यसपटक युवा खेलाडीहरु केन्द्रीत छ । तालमेल पनि राम्रो भइरहेको छ । पूर्व विश्वकप विजेता फ्रासलाई यसपटक उपाधिको दावेदारका रुपमा हेरिएको छ ।

विश्वकप फुटबलको समुह सी मा रहेको फ्रान्ससंग अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् ।