विश्वकप : फ्रान्स २-१ गोलले विजयी
काठमाडौं- विश्वकप फुटबलको समूह चरणको पहिलो खेलमा फ्रान्स २-१ गोलले विजयी भएको छ।
खेलको ८१ औ मिनेटमा पोग्बाले दोस्रो गोल गरेका थिए।
यसअघि फ्रान्सका एन्टोनी ग्रीजम्यानले खेलको ५८ औ मिनेटमा पहिलो गोल गरेका थिए। तर लगत्तै अस्ट्रेलियाका जेडिनाकले फ्रान्सविरुद्ध पहिलो गोल फर्काएका थिए।