मधेशका पार्टी बन्द गर्ने भन्दै फोरम नेकपामा विलिन - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मधेशका पार्टी बन्द गर्ने भन्दै फोरम नेकपामा विलिन



काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकिकरण भएको छ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गरेका अमर यादव नेकपामा समाहित भएका हुन्।

प्रचण्ड निवासमा खुमलटारमा एक कार्यक्रमको आयोजना गरी दुवै पाटी एकिकरण भएको घोषणा भएको छ। मधेशवादी दलहरुले मधेशी जनतालाई भ्रम राखेको उल्लेख गर्दै नेता यादवले अगामी चुनावमा मधेशका पसल (पार्टी) हरु बन्द हुने दावीसमेत गरे।