फोर्ब्स म्यागेजिनमा नेपाली युवा थपलिया - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

फोर्ब्स म्यागेजिनमा नेपाली युवा थपलिया



अमेरिका- न्यूयोर्कमा बस्दै आएका नेपाली युवा लेखक तथा तथ्यांक वैज्ञानिक राजन थपलियाले विश्व चर्चित फोर्ब्स मिडिया म्यागाजिनमा लेखन सुरु गरेका छन्।

फोर्ब्स संचारघरको मध्यपूर्व अन्तर्गत उनको लेखहरु प्रकाशित भएका छन्। हालसम्म उनको दुई ओटा लेख प्रकाशित भएका छन् ।

भर्खरै पत्रिकाको बिचार खण्डमा कसरी आफ्नो लक्ष्य हासिल गर्नमा बढी केन्द्रित हुने भन्ने बिषय लेख प्रकाशित भएको छ ।साथै, यस भन्दा अगाडि उनको एक सफल मालिक हुन चाहिने पाँच गुणहरू बिषयमा लेख प्रकाशित भएको थियो। उनका आगामी लेखहरु सबै व्यापार ,नेतृत्व र जीवन शैलीमा आधारित हुने छन्।

उनको आगामी लेख अनलाईनबाट पैसा कमाउने पाँच तरिका छिटै प्रकाशित हुँदैछ । अब हरेक हप्ता फोर्ब्समा उनको लेख प्रकाशित हुने कुरा राजनले बताए ।

यस अगाडि हफिंगटन पोस्टमा उनका सयौं लोकप्रिय लेखहरु प्रकाशित भएका थिए ।