फोरम सरकार छाड्ने तयारीमा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

फोरम सरकार छाड्ने तयारीमा



काठमाडौँ । गत मंगलबार विहान नेकपा अध्यक्ष प्रचण्डले संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारले भ्रष्टाचार गरेर बेइमानी गरेकाले आफ्नै दलको नेतृत्वमा प्रदेश २ मा सरकार बनाउन सक्ने बताएपछि एक किसमले सत्तारुढ दलकै सत्ता समीकरण समेत हलचल मच्चिएको थियो ।

सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले प्रदेश २ मा नेकपाले सरकार बनाउने बताएकै कारण राजनैतिक वृतमा तातो बहस शुरु भएको हो । ललितपुरको खुमलटारमा पार्टी प्रवेशको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो पार्टी भएको नाताले सरकार पनि नेकपाकै बनाउनु पर्ने बताए । प्रदेश २ मा वेथिती र अराजकता मौलाएको प्रचण्डको निक्र्योल थियो ।

प्रदेश २ मा विकासका लागि नेकपाले अब नेतृत्व लिनुपर्ने बेला आएको उनको भनाइ थियो । प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल भएकालेपनि प्रदेश २ को सरकारका मन्त्री भ्रष्टाारमा चुर्लुम्म डुबेको हेरेर बस्ने अवस्था नरहेकाले प्रदेश २ सरकारको नेतृत्व नेकपाले लिने भनाइ उनले राखे ।

उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएर राजनीतिक रुपले निष्क्रिय रहेका फोरमकै तत्कादीन कोषाध्यक्ष अमर यादवलाई दल प्रवेश गराउने क्रममा प्रचण्डका उपर्युक्त अभिव्यक्ति सार्वजनिक भएका हुन् ।

प्रदेश दुईमा हाल सरकारको समीकरणमा रहेका संघीय समाजवादी दलका २९ र राष्ट्रिय जनता पार्टी नेपालका २५ सांसद रहेको संयुक्त सरकार छ । यसबाहेक केन्द्र सरकारको नेतृत्वमा रहेको प्रदेशमा नेकपाको ३२ सिट छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको २९ सिट छ । प्रदेश दुईको सरकारमा रहेको राजपाले केन्द्र सरकारसँग असन्तुष्टि जनाउँदै केन्द्रमा आफ्नो दलले दिएको समर्थन फिर्ता लिएर सडक संघर्षमा जाने घोषणा यसअघि नै गरिसकेको छ ।

यस्तोमा केन्द्रमा सत्ता साझेदार नै रहेको फोरम नेतृत्वमा रहेको प्रदेश सरकारविरुद्ध सत्तासीन दलकै अध्यक्ष सार्वजनिक वक्तव्य दिनुलाई राजनैतिक पर्यवेक्षकहरु अर्थपुर्ण रहेको बताउन थालेका आजको विमर्श साप्ताहिकमा छ ।