सीसीटिभी फूटेज- फरेन्सिक ल्याबको रिपोर्टमा पनि केही भेटिएन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सीसीटिभी फूटेज- फरेन्सिक ल्याबको रिपोर्टमा पनि केही भेटिएन



काठमाडौं- संसदीय छानबिन विशेष समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबले उपलब्ध गराएको सीसीटीभी फुटेजको प्रतिवेदन दिउँसो विज्ञ राखेर अध्ययन गर्ने भएको छ।

मंगलबार ( १० साउन) मा बसेको समितिको बैठकमा फरेन्सिक ल्याबको रिपोर्ट खोलेर देखाइएको थियो।

तर, समितिले विज्ञ राखेर परामर्श गरेपछि मात्र त्यसबारे सार्वजनिक गर्ने एक सदस्यले जानकारी दिए।

अर्थमन्त्री जनार्दन शर्माले १४ जेठ राति बजेटलाई अन्तिम रुप दिँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गराएको भन्दै २२ असारमा गठित ११ सदस्यीय समितिले अर्थको सीसीटीभी अध्ययन गरेको थियो।

तर, सीसीटीभी फुटेज नै डिलिट भएपछि त्याे रिकभरका लागि ४ साउनमा प्रहरीको फरेन्सिक ल्याब पठाइएको थियो।

ल्याबले सोमबार (९ साउन) मा समितिलाई फरेन्सिक ल्याब रिपोर्ट बुझाएको थियो।