फोटो पत्रकार महासंघ कैलालीको तेश्रो बार्षिक साधारण सभा सम्पन्न (फोटो फिचर) - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

फोटो पत्रकार महासंघ कैलालीको तेश्रो बार्षिक साधारण सभा सम्पन्न (फोटो फिचर)



कैलाली – फोटो पत्रकार महासंघ कैलाली शाखाको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शाखा अध्यक्ष पाण्डव पुजाराको अध्यक्षतामा शनिबार कैलालीको लम्कीमा तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह रहेका थिए । पत्रकारलाई ऐनको संज्ञा दिदै मन्त्री शाहले पत्रकारीता संवेदनशील र महत्वपुर्ण पेशा भएको बताएका छन । मिडिया विधेक बिषयमा बरिष्ट पत्रकार तथा संघ संगठनहरु संग बृहत छलफल र अन्तरक्रिया गरेको बताउदै अझै असहमतीका बुदाहरुमा छलफल गर्न सकिने संकेत व्यक्त गरेका छन । प्रदेश सरकार सञ्चार क्षेत्र र सञ्चारकर्मीको बिषयमा चिन्तित रहेको र धेरै कामहरु समेत गरेको मन्त्री शाहले दाबि गरेका छन ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका महासचिव योगेश रावलले केही युटुबरहरुका कारण सञ्चार क्षेत्र प्रतिको बिश्वसनियता घटेको भन्दै महासंघले यसको सुक्ष्म निगरानी गरिरहेको र कार्वाहीको दायरामा ल्याउने बताएका छन । साथै उनले सुदुरपश्चिम प्रदेश सरकारले ल्याएको मिडिया विधेक पत्रकारहरुलाई मान्य नहुने र केही बुदाहरु सच्याएर अघि बढ्नु पर्ने कुरामा जोड दिएका छन ।

कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले पत्रकारहरु थप सम्बेदनशील र जिम्मेवार बन्न आवश्यक रहेको कुरामा जोड दिएका छन । पछिल्लो समय केही युटुबरहरुका कारण सञ्चार क्षेत्रमा केही समस्याहरु देखिन थालेको भन्दै सरोकारवाला निकायले यसको निगरानी बेलैमा गर्नुपर्ने र राज्यले पनि कानुन तथा नीति निर्माण गर्नु पर्ने बताएका छन । फोटो पत्रकार महासंघ कैलाली शाखाका उपाध्यक्ष गगन ऐडीको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रमको संचालन शाखाका सचिव दिनेश बिष्टले गरेका थिए ।