नेपाल पत्रकार महासंघ कतार शाखाले साक्षतकार सचेतना मुलक कार्यक्रम सपन्न गर्यो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाल पत्रकार महासंघ कतार शाखाले साक्षतकार सचेतना मुलक कार्यक्रम सपन्न गर्यो



उद्धव मगर /दोहा कतार

कतारको डल्लाहा ड्राभीङ्ग स्कुल हलमा पत्रकार महासंघल कतार शाखाले पत्रकारिता तथा लेखन सम्बन्धी प्रशिक्षण संगै नवोदीत साहित्य डवली र विविध साँस्कृतिक गरी कार्यक्रम तीन चरणमा सु–सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, प्रमुख अतिथी विपुल पौडेल रहेका थिए । त्यस्तै पत्रकार महासंघ कतार शाखाका प्रमुख सल्लाहाकार गणेश बञ्जाडे, पुर्व अध्यक्ष कुमार कार्की, सल्लाहाकार क्रान्ति सिंह, गण्डक प्रदेशका नारायण शर्मा, सन्तोष पौडेल लगायतको आतित्थ्यता रहेको थियो ।

पत्रकार महासंघ कतार शाखाका सचिव दिल श्रेष्ठको सञ्चालन र पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष नवराज वि.कको स्वागत मन्तव्यबाट कार्यक्रम विधीवत रुपमा अगाडी बढेको थियो । हलमा उपस्थित सम्पूर्णलाई शुरुदेखि अन्तिमसम्म भव्यसव्य रुपमा कार्यक्रम सफल पार्न समेत आहन गरिएको थियो ।
नेपालबाट आउनु भएका प्रशिक्षक विपुल पौडेलले दुई घण्टा विशेष त पत्रकारिता सम्बन्धी प्रशीक्षण दिनु भयो । प्रशीक्षण र त्यसबाट उठेका प्रश्नहरुको जवाफ समेत पौडेलले दिनुभएको थियो ।

अन्तमाः उपस्थित सम्पुर्णले धैर्यता पूर्वक र अनुशासीत भएर कार्यक्रमलाई सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिदै पहिलो शेसनको कार्यक्रम सौहद्रपूर्ण वातावरणमा कार्यक्रम सु–सम्पन्न भएको अध्यक्ष करीम बक्स मियाँले घोषणा गर्नु भएको थियो ।

दोस्रो चरणको कार्यक्रम नवोदीत साहित्यको वाचान डवली रेहेको थियो भने तेस्रो चरणको कार्यक्रम विविध साँस्कृतिक कार्यक्रम रहेको थियो ।