बारा, पर्सा र चितवनमा भारी वर्षा, बाढी आउने चेतावनी - Himal Post Himal Post
  • २७ आश्विन २०८१, आईतवार
  •      Sun Oct 13 2024
Logo

बारा, पर्सा र चितवनमा भारी वर्षा, बाढी आउने चेतावनी



काठमाडौं- बारा, पर्सा र चितवनका केही स्थानमा भारी वर्षा भएको छ ।

चितवनको शक्तिखोर, बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्साको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यी स्थानमा थप वर्षा हुने पूर्वानुमान रहेकाले राप्ती, रिउखोला, पसाहा खोला, दुधौराखोला लगायत सो क्षेत्र भई बहने स साना खोलामा आकस्मिक बाढी आउने सक्ने छ ।

तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा दिउँसो सम्म उच्च सतर्कता अपउन विभागले आग्रह गरेको छ।