बाढी पहिरो अपडेट : ६५ जनाको मृत्यु, ३० बेपत्ता - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

बाढी पहिरो अपडेट : ६५ जनाको मृत्यु, ३० बेपत्ता



काठमाडौं : बिहीबारदेखि आएको अविरल वर्षाको कारण देशभर अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालय जारी गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन्। बाढी, पहिरो र डुबानमा परी हालसम्म ३० जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १८ पुरुष र १२ महिला रहेको प्रहरीले जानकारी दिएको छ यस्तै, ३८ जना घाइते भएका छन्।

तीमध्ये २१ पुरुष र १७ महिला रहेका छन्। देशभरबाट एक हजार ४४६ जनाको उद्धार गरिएको छ।