पाँचतारे होटलको खानामा अखाद्य वस्तु भेटिएपछि हंगामा, खानेको जिब्रोनै काटियो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पाँचतारे होटलको खानामा अखाद्य वस्तु भेटिएपछि हंगामा, खानेको जिब्रोनै काटियो



काठमाडौँ, १६ कत्तिक

नेपालकै चर्चित पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको मेघामल्हर कन्फे्रस हलमा अखाद्य वस्तु भेटिएको छ ।

बिहीबार साझ कतार एयरवेजको कार्गाे एजेन्सीहरुका लागि आयोजाना गरेको अवार्ड कार्यक्रम पछिको भोजमा डेजर्टमा भेटिएको सीसाले एकजनो एक्जिक्यूटीभको जिब्रो नै काटिएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार एकाएक ती एक्जिक्यूटीभले चपाउदै गरेको मुख बिगार्दै र सावधानी अपनाउदै भनिन् ,” ओ माई गड ! सिसा आयो ।” मुखमा चपाइहेको रसमलाई उनले हातमा थुक्दै ओम अली राखेको प्लेटमा फुत्त फालेकी थिइन् । सिसा प्लेटमा फालेको केही समयमा उनले प्लेटमा समेत थुकेकी थिइन् । उनले थुक्दा रगत समेत निस्किएको थियो ।
के भन्छन् होटेल निर्देशक
होटल सोल्टीमा भएको यस्तो घटनापछि होटलका फुड एण्ड वेभरेज निर्देशक बलराम पाठकले घटनालाई गम्भीर रुपमा लिएको र छानबिन गर्ने बताए ।