फिल्म ब्ल्याक भदौ १ गते रिलिज मिती तय ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

फिल्म ब्ल्याक भदौ १ गते रिलिज मिती तय !



आगामी जेठ ११ गते बाट रिलिज हुने भनिएको फिल्म ब्ल्याक अब भदौ १ गते रिलिज हुने भएको छ । चलचित्र निर्माता संघ र चलचित्र संघबीचको लफडाको कारण फिल्मको रिलिज मिती सर्न गएको फिल्म युनिटले जनाएको छ । फिल्म युनिट अहिले फिल्मको अफिसियल प्रचारप्रसारमा लागि परेका छन् । लब स्टोरी जनरामा निर्माण भएको फिल्मको निर्मात्री आश्मा पाण्डे हुन् ।

फिल्ममा मौनता श्रेष्ठको लेखन, प्रदिप श्रेष्ठको निर्देशन, महेश खड्का र प्रतिक पौडेलको संगीत, चन्द्र पन्तको द्वन्द्ध, रामजी लामिछानेको कोरियोग्रफी र अर्जुन जि।सीको सम्पादन रहेको छ । फिल्ममा आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलकारहरुको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्माता चेतन कुमार पाण्डे हुन् ।