फिल्म ‘मट्टिमाला’ को आइट डान्सको भिडियो सार्वजनिक - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

फिल्म ‘मट्टिमाला’ को आइट डान्सको भिडियो सार्वजनिक



टेके पौरखी राई निर्देशित फिल्म ‘मट्टिमाला’ को आइट डान्सको भिडियो सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘बेचिदिन्थे जवानी’ बोलको गीतको आइटम डान्सको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त भिडियोमा नायिका प्रियंका कार्की र बुद्धी तामाङको साथमा सिशिर राणा, चिरन राई र पृथ्वि राई प्रस्तुत भएका छन् ।

यहि जेठ २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्ममा बुद्धी तामाङ (हैट) र रजनी गुरुङ (मङ्गली) मुख्य भूमिका छन् । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ का चर्चित जोडीको रुपमा चिनिएका यी दुई कलाकार पहिलो पटक ठुलो पर्दामा देखिन लागेका हुन् । फिल्ममा यी दुईको साथमा टोनी जाका नामले परिचित चिरन राई, पृथ्वि राई, सिशिर राणा र संघ्या श्रेष्ठ लगायतको अभिनय छ । निर्माताको रुपमा पृथ्वि रहेका छन् ।

चलचित्रमा क्यामेरा राहुल राई, सम्पादन अनिल कुमार महर्जन, संगीत सुमन राई, गितकार जानू काङ्बाङ लिम्बू, रोशन भट्टराई, साङ्गे ब्लोन तामाङ गायक सुन्दर लामा, सुमन राई, अनन्द राई, चन्द्र लामा, गायिका बबिना किराँती, अमृता लिम्बु छन् ।