फिल्म’माछा माछा’ बन्ने ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

फिल्म’माछा माछा’ बन्ने !



तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा फिल्म’माछा माछा’ बन्ने भएको छ । फिल्म युनिटले सोमबार राजधानीस्थित गौरीघाटबाट छायाँकन पनि सुरु गरेका छन् । फिल्ममा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ (गाँठो डेब्यु अभिनेत्री), भोलाराज सापकोटा, कमलमणी नेपाल र पुस्करको मुख्य भूमिका रहेको छ ।

कमेडी जनरामा निर्माण हुने फिल्ममा सुनिल गुरुङको निर्देशन, रामबाबू गुरुङ, मणिराम पोखरेल र ओमचंद्र रौनियारको लगानी, शिवराम श्रेष्ठको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्मलाई काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाहरुमा खिचिने भएको छ । फिल्मको छायांकन पुष या माघ तिर सकिने भएको छ ।