फिल्म ‘ड्रिम गर्ल’ को रोमान्टिक गीत सार्वजनिक ! - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

फिल्म ‘ड्रिम गर्ल’ को रोमान्टिक गीत सार्वजनिक !



लभ स्टोरी फिल्म ‘ड्रिम गर्ल’ को रोमान्टिक गीत रिलिज गरिएको छ । ‘तिम्रो माया’ बोलको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका आश्मा गिरीको रोमान्स देख्न सकिन्छ । अञ्जु पन्त र सुरेश लामाको स्वरमा रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा अम्बिका शर्माको शब्द छ । भिडियोको कोरियोग्राफी गम्भिर विष्टले गरेका हुन् ।

राहुल राई र रामेश्वर हुँमागाईंको छायाँकन रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन छ । फिल्ममा अर्जुन शर्मा, निर्देशक आचार्य, र रामेश्वर धितालको लगानी छ । फिल्म असोज १९ गतेदेखि प्रदर्शनमा आउनेछ । ऋषिराज आचार्य निर्देशित ड्रिम गर्लमा आकाश र आश्मासँगै विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित लगायतको अभिनय रहेको छ ।