फिल्म ‘चङ्गा’ को अफिसियल ट्रेलर सार्वजनिक ! - Himal Post Himal Post
  • ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
Logo

फिल्म ‘चङ्गा’ को अफिसियल ट्रेलर सार्वजनिक !



हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) द्वारा निर्देशित फिल्म ‘चङ्गा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच निर्माण टिम र कलाकारको उपस्थितिमा कमेडी संवादले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा वुद्दि तामाङ (हैट), कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । हाँस्य जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ ।

ट्रेलरमा पैसा अभावका कारण पात्रहरुको चौपट दैनिकीलाई प्रस्तुत गरिएको छ । कलाकार अंकित खड्का र लक्ष्मी वर्देवाको प्रेममा परिवार बाधक देखिएको छ भने एक सहकारीको अध्यक्षमा निर्वाचित भएका वुद्दि तामाङ पैसाको चक्करमा देखिन्छन् । फिल्मको कथा निर्देशक आफैंले लेखेका हुन् । ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार-चढावलाई जोडिएको छ ।

रविन आचार्यले खिचेको फिल्ममा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको फिल्मकी निर्मात्री रेश्मा तिमल्सिना हुन् । यस फिल्मको प्रदर्शन मिति जेठ २५ गतेलाई तय गरिएको छ ।निर्देशक किशोर भण्डारीले फिल्म वास्तविक कथामा निर्माण भएको खुलाए । उनले पहिलो पटक फिचर फिल्म निर्देशनमा डेब्यु गरेका हुन् । यस्तै, कलाकार अंकित खड्का ‘चङ्गा’ मा आफ्नो भूमिका फरक रहेको बताउँछन् । कार्यक्रममा वुद्दि भने राजधानी बाहिर भएका कारण उपस्थित हुन सकेनन् ।