चलचित्र ‘बाबु कान्छा’ फष्टलुक पोष्टर सार्वजनिक - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

चलचित्र ‘बाबु कान्छा’ फष्टलुक पोष्टर सार्वजनिक



चलचित्र ‘बाबु कान्छा’ औपचारिक रुपमा निर्माण पक्षले फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।चलचित्रको पोष्टर सार्वजनिक सगै रिलिज मिति पनि तय गरिएको छ ।चलचित्र असार २९ गते बाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्र ‘ए मेरो हजुर २’बाट निकै तारिफ पाएका सलोन बस्नेतको मुख्य भूमिका रहेको ‘बाबु कान्छा’ पोस्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई नै पोस्टरमा प्रस्तुत गरिएको छ । पछिल्लो समय निकै व्यस्त रहेका नायक सलोन बस्नेतले आफ्नो अभिनय मार्फत चौतर्फी तारिफ बटुलेका छन्।चलचित्र ‘बाबु कान्छा’ बाट पनि दर्शकको माया अझै पाउने सलोनको विश्वास रहेको छ ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’मा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

२०७२ सालमा ‘जाउँ हिंड पोखरा’ आएपछि शोभित बस्नेतद्धारा निर्देशित चलचित्र बजारमा आएका थिएनन् ।यस अघि सार्वजनिक चलचित्र ‘कर्णविर’ समावेश ‘चन्द्रमा झै राम्री’ बोलको रिमिक्स भर्सनलाई दर्शक तथा स्रोताले मन पराएका छन् ।केहि दिनमा नै एक कार्यक्रमको बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिने कार्यकारी निर्माता रबि अधिकारीले जानकारी दिनु भयो।

संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् ।बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ। चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।