फेसबुके घरबार ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

फेसबुके घरबार !



-टंक बहादुर नेपाली ( नेपाली बाबु )

खासमा मलाई मात्र होईन धेरै लाई इन्टरनेट को माध्यमले अपरिचित लाई चिनाएको छ अझ भनौ भने अपरिचित युवा युवती हरूको बैवाहिक समन्ध पनी जूराई दिएको छ फेसबुक अथवा ईन्टरनेट ले ।
मानौ फेसबुक एउटा मायापिरतको फेसन नै भैईसक्यो । फेसबुक को बारेमा भन्दा पनि अब मेरो प्रेम कहानी यस्तो छ ।

खै कून ठाउँबाट सूरू गरौ …..
ठ्याक्कै ७ महिना अगाडि को कूरा हो एउटा राम्री केटी को फ्रेन्ड् रिक्व्यस्ट् आयो । झट्ट एक्सेप्ट गरिन , सायद त्यतिखेर स्थानीय तहको निर्वाचन को व्यापक प्रचार प्रसार हुँदै थियो फेसबुक मा ।

म पनि उतै व्यस्त थिए कमेन्ट र कमेन्ट को रिप्लाइ गर्न,मानौकी केटी भन्दा पनि बढी नसा राजनिति मा हुँदो रहेछ । भलै प्रत्यक्ष रूपमा पार्टीको झण्डा फहराउदै फिल्डमा जान सकिएन यसमा मलाई अझै पनि पछुतो लाग्छ कारणबस चूनाव मा सहभागी हून पाईन ।
एकछिन पछी प्रोफाइल खोलेर हेरे , नाम रहेछ सिमरन शाही ।
हेर्दा चिने जस्तो लाग्छ तर ठम्याउन सकिन ।
सानैमा एकचोटी देखेको थिए त्यती खेर त चोलीको तूना पनि खूल्लै छोड्थी क्यारे ।
म आफै एक्लै हासे ।

यो त्यही सिमरन त होईन , जस्लाई हामी “ ओए पोक्ची ” भनेर बोलाउथ्यौ ?
उ राम्री थिई , मैले उसको फ्रेन रिक्व्यस्ट ऐसैप्ट नगर्ने कुरै भएन , गरिदीए ।
आफूले आफैलाई प्रश्न गरे र सोचे बोली हालौ न….. उता नोटीफीकेसन ले गर्दा मोबाइल थर थर बज्दै छ ।
जे होला होला , देखाजायगा । एकचोटी परिचय गरौ न…….
म्यासेज खोले …मैले लेखे “ हाई ! ”
तुरुन्तै म्यासेज रिप्लाइ भयो “हजूर ”
अब लेख्नु भन्दा मेसेन्जर कल नै गरौ न त भन्ने सोचे ।
भाग्यमानी म ! कूरा पनि भयो लगभग आधा घण्टा सम्म ।

त्यस बिचमा परिचय मात्र भयो । उ त्यही पोक्ची रहीछ । पुराना दिन सम्झेर उ पनि खुबै खुशी भै ।
दिनानुदिन कल र च्याटिङ बढ्दै गयो तर मलाई माया को फिल चै भएन तर उसले चै मान्दी रहेछ सायद । नजिकीदै थियो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन ।
म पनि सायद त्यसमै ब्यस्त थिए ।

म्यासेज गर्यो भने कूरा हूने भनेको यत्ति हो …. खाना खायौ , नास्ता भो , आज क्याम्पस छूट्टी छ है , आज चिसो छ है , यता नि छ चिसो ,कती खेर हो सुत्ने ? क्याम्पस मा पनि फेसबुक चलाउन पाईन्छ ?यस्तै यस्तै ।
तर त्यो केटी मेरो दिलमा बसी सकि सायद आफैले पत्तो पाईन  ,म आफैले आफूलाई प्रश्न गर्छु, हैट ! उसले मलाई सम्मान पो गर्छे कसरी भनौ तिमलाई म मन पराउछू भनेर ?

यस्तै कूराहरु मनमा खेल्दै थिए आई लभ यु भन्ने हिम्मत आउँदैन त कसरी मनको कूरा भन्नु ?
एकदिनको कूरा हो ! साँझ पख कूरा भएन सायद मलाई बजार तिर जानू थियो तरकारी ल्याउन । डाटा अफ गरे मोबाइल चार्ज मा राखेर बजार गए, माछा र केही सामान किनेर फर्के र रूममा आएर तरकारी बनाए र खाना पनि खाइयो संगै हल्का अल्कोहल पनी खाईयो ।

सनिवारको रात थियो क्यारे बिहान हल्का ढिलो उठ्दा फरक पर्दैन आइतबार खासै डिउटी पनि नहूनी…..
खाना खाएर पल्टे डाटा ओन गरेर फेसबुक खोले धेरै म्यासेज र नोटीफीकेसनहरु थिए ।

मैले पहिले म्यासेज हेर । धेरै थिए सबैको मम्यासेजलाई औँला थिचेर रिप्लाइ गरे अब रह्यो उनको म्यासेज ।
हेरे ! उनको म्यासेज यस्तै थियो “ के छ खबर हजूर खाना भयो आरामै हुनुहुन्छ ?”
मैले म्यासेज रिप्लाइ गरे “ ठिकै छ नानू भरखर खायर पल्टेको छू । ” यस्तै यस्तै………
हिम्मत लिएर उसलाई लेखे “ अनि तिमीलाई एउटा कुरा भनौ ? ”

उनले भनिन “ अं अं भन्नूस ”
“ रिसाउने त हैन नी ? ”फेरि सोधे ।
“ नाई ! भन्नु न प्लिज । ” उनले भनीन

कूरा चल्दै गयो , हिम्मत जूटाएर भने “आई लभ यु ! ”
रिप्लाइ भने हाँसेको फोहरा छुटाउदै आयो , ईमोका सिंग्नल मात्र ।
के भो भने केही होईन भनेर भनेर फेरि हाँसीन मात्र ।

मैलै भने “ म तिमीलाई साँच्चिकै मन पराउछू नानु । ”
उनले भनीन “ हजूर मलाई मन पराउनू हून्छ मलाई थाहा थियो । ” फेरि हासो आयो
मैले भने “ त्यसो भए तिमी पनि आइलभ यु टु भन त ”
उसले पनि भनी “ आई लभ यु टु ! ”

धेरै राति भयो क्यारे भोलि भेट्ने बाचा संगै शूभ रात्री भनेर बिदाई भैयो ।
तर राती निन्द्रा नलागूञ्जेल र दोस्रो दिन सम्म पनि मैले उनलाई सम्झेर घरवार नै बनाए ।
आफै सम्झे हैट ! यस्तो पनि होला र?