चितवनमा फेरी झडप ,लामिछाने समर्थकद्वारा प्रहरीको गाडी तोडफोड - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

चितवनमा फेरी झडप ,लामिछाने समर्थकद्वारा प्रहरीको गाडी तोडफोड



चितवन- भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झडप भएको छ ।

प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको छ । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ ।

जिल्ला प्रहरी कार्याल बाहिर जम्मा भई नाराबाजी गरिरहेका समूहको भीड अनियन्त्रित भएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँससमेत प्रहार गरी भीड तितरवितर बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भेट गरेका छन् । भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताए । रबिले पनि निश्पक्ष छानबिनमा सहघाउन तयार रहेको बताएको उनले जानकारी दिए ।

बिहानैदेखि नाराबाजी गरिरहेका प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्‍याएका छन् ।