फेरी गुठी विधेयक ल्याउने सरकारको तयारी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

फेरी गुठी विधेयक ल्याउने सरकारको तयारी



काठमाडौं– सरोकारवालाको चौतर्फी विरोधपछि संसदबाट फिर्ता लिएको गुठी विधेयक सरकारले पुनः अघि सार्ने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले फेरि गुठी विधेयक ल्याउने तयारी गरिरहेको खुलासा गरेकी छन् । गृहजिल्ला स्याङजामा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री अर्यालले २÷४ दिनभित्रै गुठी विधेयक ल्याउने बताइन् । यद्यपि पहिलाको विधेयकमा केही संशोधन र हेरफेर हुने उनको भनाइ छ । उनले यसअघि विधेयकै नपढी विरोध भएको जिकिर गरिन् ।

विभिन्न गलत तत्वहरुले धर्मका नाममा जनभावनासँग खेलेर गुठी विधेयकको विरोधमा जनसमर्थन रहेको जस्तो देखाएको दाबी उनले गरिन् । ‘केही तत्वले धर्मका नाममा जनभावना भड्काउने काम गरे’, अर्यालले भनिन्, ‘सरकार सधैंका लागि पछि हटेको होइन । अब २÷४ दिनमै गुठी विधेयक आउँछ ।’

फरक प्रसंगमा मन्त्री अर्यालले आगामी तीन वर्षमा नेपालमा कोही पनि नागरिक गरिब नरहने जिकिर गरिन् । नेपालमा कोही पनि गरिब नभएको र चेतनाको अभाव तथा पछौटेपन नै नेपालीको गरिबीको स्रोत भएको बताइन् ।