फेरी चर्चामा प्रचण्ड ! आखिर किन ? - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

फेरी चर्चामा प्रचण्ड ! आखिर किन ?



चितवन /कात्तिक ११ ।

स्थानीय तहको निर्वाचनका बेला चर्चित बनेको चितवन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी घोषणाले पुनः चर्चित बनेको छ ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने घोषणा भएपछि चितवन चर्चित बनेको हो। माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरेर तीब्र प्रतिस्पर्धाकाबीच प्रचण्ड पुत्री समेत रहेकी नेतृ रेणु दाहाललाई स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको नगर प्रमुखमा विजयी बनाएको थियो । अहिले एमालेसँगको तालमेलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लागेपछि देशकै ध्यान चितवनको निर्वाचनमा तानेको छ।

स्थानीय तह निर्वाचनमा भएको मतगणना विवादले पनि चितवनबाट प्रचण्डलाई चुनाव जित्न कठिन हुने कतिपयको आँकलन छ । तर, जिल्लामा बाम गठबन्धन नै अगाडि रहेको नेताहरु बताउँछन्। स्थानीय तहको निर्वाचनका बेला माओवादी केन्द्रबाट सबैभन्दा बढी पीडा बेहोरेका एमालेका महानगर प्रमुखका उम्मेदवार देवी ज्ञवालीले पार्टीको निर्णय अनुसार दाहाललाई जिताउन चुनावी प्रचार अभियानमा लाग्ने बताएका छन्।

स्थानीय तहको निर्वाचनमा दलहरुले पाएको मतको आधारमा दलहरुले मतलाइृ आधार मान्ने हो भने वाम गठबन्धनको जीत निश्चित देखिउको छ । सो क्षेत्रमा वाम गठबन्धनको मत नेपाली कांग्रेस र राप्रपाको भन्दा ७ हजार ३ सय ६५ बढी देखिन्छ ।