फेसबुक र जुकरवर्गबारे अमेरिकामै मतभेद - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

फेसबुक र जुकरवर्गबारे अमेरिकामै मतभेद



काठमाडौँ – सामाजिक सञ्जाल फेसबुकविरुद्ध कडा कारबाहीको मामिलामा अमेरिकी नियामक संस्था फेडेरल ट्रेड कमिसन (एफटीसी)मा मतभेद देखिएको छ । कम्पनीले गत अप्रिलमा प्रयोगकर्ताको निजी विवरण दुरूपयोगबाट बच्‍नका लागि उल्लेख्य रकम खर्च  गर्न लागेको बताएको थियो ।

यसबाट नियामकले फेसबुकलाई जवाफदेहिता बढाउन दबाब दिएको खुलेको थियो । तर, पछिल्लो समय भने अवस्था त्यस्तो नरहेको देखिएको छ । केही महिनाअघि एफटीसीका कमिसनरले फेसबुकमाथि ऐतिहासिक जरिवाना लाग्‍नसक्ने बताएका थिए तर पछिल्लो समय भने अधिकारीहरू दुई पक्षमा विभाजित भएका छन् ।

स्रोतअनुसार एफटीसीमा फेसबुकमाथिको जरिवानाका विषयमा मतभेद सिर्जना भएको हो । फेसबुकले मार्क जुकरबर्गलाई निजीरूपमा नै जबाफदेही मान्ने विषयमा असन्तुष्ट देखिएका छन् । कम्पनीका ३५ हजार कर्मचारीको गल्तीको सजाय एक व्यक्तिलाई दिनु उचित नहुने बताइएको छ । यसैबीच अधिकारीहरू बीचमा केही दिनमा सहमति हुने अनुमान गरिएको छ । यसबारे निर्णय त्यसपछि सार्वजनिक हुनेछ ।

पछिल्लो समय प्रविधिको दुरूपयोग गर्ने क्रम बढिरहेको छ । गोपनियताको लागि नयाँ मापदण्ड आवश्यक रहेको अधिकारीहरूले बताएका छन् । यस मामिलामा कम्पनी र कमिसनबीच सम्झौता भएको थियो । यसमा फेसबुकले अफ्नो गोपनियता सम्बन्धी नीतिमा परिवर्तनको प्रतिबद्धता जाहेर गरेको थियो ।