फास्ट ट्रयाक निर्माणको नयाँ रुप: सेनाले दियो जवाफ - Himal Post Himal Post
  • १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
Logo

फास्ट ट्रयाक निर्माणको नयाँ रुप: सेनाले दियो जवाफ



नेपाली सेनाले काठमाडौं-तराई-मधेस द्रुतमार्ग (एक्सप्रेस वे) सम्बन्धी भारतीय कम्पनीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बिनै निर्माण कार्य सम्पन्न गर्न सकिने बताएको छ ।

भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आइएलएन्डएफएस) ले तयार पारेको डीपीआरमा केही प्रावधानमात्रै खरिद गर्न सकिने प्रस्ताव सेनाले राखेको छ ।

तर भारतले झन्डै एक अर्ब रुपैयाँमा पुरै डीपीआर खरिद गर्न दबाब दिएको बताइएको छ ।

उसको प्रस्ताव स्वीकार गर्ने सम्भावनाा नरहेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । आजको कारोबारमा खबर छ ।

आइएलएन्डएफएसले आंशिक डीपीआर उपलब्ध गराउन नेपालले राखेको प्रस्ताव नमानेपछि द्रुतमार्ग निर्माण नयाँ ढंगबाट अघि बढेको छ ।