फर्किए प्रचण्ड: योगेश भट्टराई सहित तीन मन्त्रीको स्वागत - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

फर्किए प्रचण्ड: योगेश भट्टराई सहित तीन मन्त्रीको स्वागत



काठमाडौं – पारिवारिक भ्रमणका लागि यूएई गएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् ।

१४ साउनमा पारिवारसहित भ्रमणमा निस्किएका दाहाल शनिबार राति स्वदेश फर्किएका हुन् । अध्यक्ष दाहाल पत्नीको चाहनामा दुई छोरी रेणु र गंगासहित भ्रमणमा निस्किएका थिए ।

यसअघि, पत्नी सीताकै चाहनाअनुसार भन्दै अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएका थिए । उनका सचिवालयका अनुसार पत्नी सीताको मन बुझाउन अध्यक्ष दाहाल विभिन्न स्थानको भ्रमण गरिरहेका छन् ।

पुत्र प्रकाशको निधनपति विचलित बनेकी सीता जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सीबाट पीडित छन् ।

स्वदेश फर्किका अध्यक्ष दाहालको परिवारलाई स्वागत गर्न ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।