फर्किए नेइमार, देखाए चमत्कार - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

फर्किए नेइमार, देखाए चमत्कार



विश्वकपमा खेल्ने नखेल्ने अन्योलकाबिच अन्ततः ब्राजिलियन स्ट्राइकर नेइमार राष्ट्रिय टोलीमा फर्किएका छन् । आइतबार राति क्रोयसियासँग भएको खेलमा मैत्रीपूर्ण खेलमा नेइमार खेलेका हुन् ।

यो खेलमा ब्राजिलले क्रोयसियालाई २–० ले पराजित गरेको छ । लिभरपुलको मैदान एनफिल्डमा ब्राजिललाई जिताउन ६९ औं मिनेटमा नेइमारले गोल गरे । पहिलोहाफ गोलरहित भएको खेलको दोश्रो हाफको अन्तिममा रोकर्टो फर्मिनोले गोल गरेपछि विश्वकप नजिक ब्राजिलले २–० को जित दर्ता गरेको हो । गएको फेब्रुअरीदेखि घाइते नेइमार मैदानमा आएपछि ब्राजिल थप मनोबलका साथ मैदानमा आएको छ ।

विश्वकप अघि ब्राजिलले आगामि साता अष्ट्रियासँग मैत्रीपूर्ण खेल खेल्नेछ । ब्राजिल रहेको समुह ई मा स्वीजरल्याण्ड, कोष्टारिका र सर्विया रहेका छन् । १७ जुनमा स्विजरल्याण्डसँग खेल्दै ब्राजिलले विश्वपकको सुरुवात गर्नेछ । समुहचरणमै २२ जुनमा कोस्टारिका र २७ जुनमा सर्वियासँग खेल्नेछ ।

क्रोयसिया समूह डी मा छ । यो समूहमा अर्जेन्टिनासँगै नाइजेरिया र आइसल्याण्ड छन् । उसले १७ जुनमा नाइजेरिया, २१ जुनमा अर्जेन्टिना र २६ जुनमा आइसल्याण्डसँग खेल्नेछ ।